Techie IT

लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ताहुदैँ

अनुसन्धान प्रतिवेदन ६ सय पृष्ठ लामो रहेको र यसमा लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपहरू समेटिएको जनाइएको छ।


सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकी प्रतिवेदन सरकारी वकिल कार्यालय कास्कीमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्त शर्माका अनुसार, सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोजन गर्न राय दिएको छ। कार्तिक महिनाको २ गते पक्राउ परेका लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउने राय प्रहरीको छ। यसअघि पक्राउ परेका ९ जनासहित ५ जना अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको डीएसपी शर्माले जानकारी दिएका छन्।

अनुसन्धान प्रतिवेदन ६ सय पृष्ठ लामो रहेको र यसमा लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपहरू समेटिएको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट