Techie IT

माओवादी केन्द्रद्वारा दोगडाकेदारमा सम्मेलन सम्पन्न, जोशीको नेतृत्वमा कमिटी चयन


नेकपा माओवादी केन्द्रले देशभरि पार्टी संगठन निर्माण र विस्तारलाई तीव्रता दिएको छ। उपनिर्वाचनपछि उत्साहित बनेको पार्टीले पालिका कमिटीको सम्मेलन तथा विभिन्न कार्यक्रमलाई चलायमान बनाएको छ।

यसैक्रममा बैतडीको दोगडाकेदार गाउँपालिकामा पार्टीको दोस्रो सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। 

सम्मेलनमा जिल्ला इन्चार्ज नरेन्द्र कुवर (विजय सुन्दर) प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य दलबहादुर धामी, प्रदेश उपाध्यक्ष रणबहादुर कुवर (दिपेन्द्र), पूर्व माननीय प्रेम प्रकाश भट्ट (आदित्य), र जिल्ला संयोजक शंकर भण्डारी र अखिल क्रान्तिकारी नेता रामचन्द्र भट्टलगायतका नेताहरूको उपस्थिति थियो।

सम्मेलनले चन्द्रदेव जोशीको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी चयन गरेको छ।

नेकपा माओवादी केन्द्रले आफ्नो संगठनात्मक गतिविधिहरूलाई सशक्त बनाउन ग्रामीण तहसम्म केन्द्रित कार्यक्रमहरू गर्दै आइरहेको छ। यसले पार्टीलाई आगामी दिनमा अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट