Techie IT

एनपीएल: काठमाडौंको प्लेअफ सम्भावना कायमै, विराटनगर प्रतियोगिताबाट बाहिरिने निश्चित

दोस्रो खेल दिउँसो १:१५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। पोखराका लागि यो खेल प्रतियोगिताको अन्तिम हो।


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज (आइतबार) दुई महत्त्वपूर्ण खेल हुनेछन्।

बिहान विराटनगर किङ्ग्स र काठमाडौं गुर्खाज भिड्ने
पहिलो खेल बिहान ९:१५ बजे विराटनगर किङ्ग्स र काठमाडौं गुर्खाजबीच हुनेछ। दुबै टोलीका लागि यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौंले तीन जित निकाल्दै प्लेअफ सम्भावना कायम राखेको छ भने विराटनगरले दुई खेलमात्र जितेर प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको छ।

काठमाडौंका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। ठूलो अन्तरले जित निकाल्न सकेमा उनीहरूको प्लेअफमा पुग्ने सम्भावना जीवित रहन सक्छ। टोलीको नेतृत्व करण केसीले गर्नेछन् भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्।

दिउँसो पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सको भिडन्त

दोस्रो खेल दिउँसो १:१५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। पोखराका लागि यो खेल प्रतियोगिताको अन्तिम हो। दुई जितमात्र हात पारेको पोखराले प्लेअफ सम्भावना गुमाइसकेको छ। टोलीले कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रनेछ।

सुदूरपश्चिमका लागि भने यो खेल निकै महत्त्वपूर्ण छ। चार खेलमा जित हात पारेको दीपेन्द्रसिंह ऐरीको टोलीले आजको खेल जितेमा प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

आठ टोली सम्मिलित एनपीएलमा जनकपुर बोल्ट्सले प्लेअफ स्थान सुरक्षित गरिसकेको छ। बाँकी तीन स्थानका लागि कडा प्रतिस्पर्धा जारी छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट