Techie IT

गण्डकीमा मन्त्रालयको ७ बाट ९ पुर्‍याइयो, देवकोटा र मनाङे राख्न, एमाले सहमत


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो मन्त्रिपरिषदमा रहेका दुई विवादास्पद मन्त्रीहरु नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङेमन्त्रीहरूलाई कायम राख्ने निर्णय गरेका छन्।

मुख्यमन्त्री पाण्डेले यो निर्णय एमाले पार्टी मन्त्रिपरिषदमा सहभागी भएपछि पनि कायम राख्ने बताएका छन् । उनले यस विषयमा एमालेसँग र आफ्नै पार्टीभित्र पनि छलफल गरेको गरेका छन् । पाण्डेका अनुसार, एमाले थपिएपछि पनि यी दुई मन्त्रीहरू हटाइने छैनन् र यस कुरामा उनले एमालेलाई समेत सहमत गराएका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसका संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । तर बहुमत पुर्‍याउन उनलाई देवकोटा र मनाङेको समर्थन आवश्यक थियो। त्यसैले उनले यी दुई सांसदलाई मन्त्री बनाएका हुन् ।

हालै केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि राजनीतिक समीकरण बदलिएको छ। एमालेले देवकोटा र मनाङेलाई मन्त्रिपरिषदबाट हटाउन माग गरेको थियो। तर मुख्यमन्त्री पाण्डेले यो माग अस्वीकार गरेका छन्। बरु, उनले मन्त्रालयको संख्या बढाएर समस्या समाधान गर्ने प्रयास गरेका छन्।


अब मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्‍याइएको छ। यसमध्ये कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय पाउने सहमति भएको छ। महत्त्वपूर्ण कुरा के छ भने देवकोटा र मनाङेको मन्त्रालय कांग्रेसको कोटाभित्रै गणना हुनेछ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट