Techie IT

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला


दाङ्गका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् ।     
    
घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका सात जनाले उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन् । सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताएकी छन् ।     
    
सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताइन् । उनले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर रु १० हजार आम्दानी गरेको बताएकी छन् ।
    
सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गरौं भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताएका छन् । महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ ।     
    
घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट