Techie IT

इजरायली हवाई आक्रमणमा १२ गार्डसहित ३३ जनाको मृत्यु


Photo: AFP

गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागमा सहायता ट्रकहरूको सुरक्षा गरिरहेका १२ गार्डसहित कम्तीमा ३३ जनाको मृत्यु भएको जनाएको छ।

आक्रमण संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल युद्धविरामको आह्वान गरेको केही घन्टापछि भएको हो।

रफाह र खान युनुसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा १२ गार्ड र अन्य सर्वसाधारणको मृत्यु भएको एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिएका छन् । “कब्जाले एकपटक फेरि सहायता ट्रकहरू सुरक्षित गर्नेहरूलाई लक्षित गर्यो,” बासलले भने। आक्रमणमा बालबालिकासहित करिब ३० जना घाइते भएका छन्।

बासलका अनुसार, “पिठो बोकेका ट्रकहरू संयुक्त राष्ट्रसङ्घीय शरणार्थी सहायता एजेन्सी (युएनआरडब्लुईए) का गोदामतर्फ जाँदै थिए। कब्जाको उद्देश्य गाजाका नागरिकहरूसम्म पुग्ने सबै सेवाहरू ध्वस्त पार्नु हो।” आक्रमणपछि बासिन्दाहरूले ट्रकबाट पिठो लुटेका थिए।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै दक्षिणी गाजाको मानवीय कोरिडोरमा रहेका सशस्त्र हमास लडाकूमाथि ‘सटीक आक्रमण’ गरिएको बताएको छ।

मृतकहरू सबै आतङ्ककारी हमासका सदस्य थिए। उनीहरूले हिंसात्मक गतिविधिमा संलग्न भई सहायता ट्रकहरू अपहरण गरी हमासलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए भनेर सेनाले दाबी गरेको छ।

गाजा पट्टीमा जारी १४ महिनाभन्दा लामो युद्धले थप गम्भीर मानवीय सङ्कट उत्पन्न गरेको भन्दै संयुक्त राष्ट्रसङ्घ र विभिन्न सहायता एजेन्सीहरूले बारम्बार चेतावनी दिँदै आएका छन्। 

युद्धविरामको आह्वानपछि पनि जारी आक्रमणहरूले गाजाका नागरिकहरूका लागि संकट झन् बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट