Techie IT
२०८२ वैशाख ९, मंगलबार

पहिरोले डुम्रे–बेँसीसहर सडक बन्द गर्‍यो

अविरल वर्षाका कारण डुम्रे–बेँसीसहर सडक खण्ड लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको छ।


अविरल वर्षाका कारण डुम्रे–बेँसीसहर सडक खण्ड लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार, लेदो र माटो सहितको ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउनमा समस्या उत्पन्न भएको छ, जसका कारण सडकमा सवारीसाधन अलपत्र परेका छन्।

विगत तीन वर्षदेखि यो स्थानमा बर्सेनि पहिरो खस्ने गरेको छ। बेँसीसहरबाट तनहुँ, काठमाडौँ, पोखरा, चितवन लगायतका स्थानमा र ती स्थानबाट बेँसीसहर आउने यात्रीलाई समस्या भएको छ। साथै, यो सडकमार्गले मनाङवासीहरूको आवतजावत पनि गर्दछ।

बर्खा लागेपछिको समयमा दर्जनौँपटक यो सडकका विभिन्न स्थानमा पहिरो खस्दा यात्रुहरूलाई सास्ती भोग्नुपर्ने भएको छ।               



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट