नेप्सेमा हरियाली: पाँच दिनपछि उच्च अङ्कको वृद्धि
पाँच दिनसम्म लगातार घटेको नेप्से परिसूचक आज बुधबार उल्लेखनीय सुधार देखाउँदै ४५.८८ अङ्कले बढेर २,७१५.७१ विन्दुमा पुगेको छ। यो वृद्धिले लगानीकर्तामा सकारात्मक ऊर्जा थपेको छ।
बुधबार ३०८ कम्पनीका १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर ५६,३५० पटकको कारोबारमा खरिदबिक्री भएको छ। यसबाट कुल ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४५० रुपैयाँ बराबरको कारोबार भएको हो। आजको कारोबारमा १३ मध्ये १२ उपसमूहले हरियाली देखाए।
बैंकिङ समूह सबैभन्दा बढी ३.४३% ले उकालो लाग्यो।
विकास बैंक १.६३%, जलविद्युत् १.९६%, वित्त १.८३%, र लगानी समूह ०.७९% ले वृद्धि भयो।
म्युचुअल फन्ड उपसमूहमा भने ०.३४% को गिरावट आयो ।
न्यादी हाइड्रोपावर: शेयर मूल्य ९.९७% ले वृद्धि, आजको सबैभन्दा बढी बढ्ने कम्पनी।
जानकी फाइनान्स: ३६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबारसहित सबैभन्दा धेरै कारोबार हुने कम्पनी।
खानीखोला हाइड्रोपावर: सबैभन्दा बढी ९.९९% ले घट्ने कम्पनी रहेको छ ।
आजको सुधारले बजारमा लगानीकर्ताको आत्मविश्वास बढाएको देखिन्छ। पछिल्लो समय लगातारको गिरावटपछि नेप्सेमा आएको यो उछालले आगामी दिनमा थप सुधारको संकेत गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस