Techie IT

भारी मात्रामा शाखा अधिकृतको विज्ञापन खुल्यो (विस्तृतमा सूचना सहित)


लोकसेवा आयोगले आज भारी संख्यामा शाखा अधिकृत तृतीय तहका लागि विज्ञापनमा खोलेको छ । न्याय सेवातर्फ खुलामा ४४ जना, महिलातर्फ १३ जना, आदिवासी जनजातीका लागि ९ जना, मधेशीतर्फ ८ जना, दलिततर्फ ४ जना अनि अपाङ्गका लागि १ जना र पिछडिएका समुदायका लागि २ जनाको सिट रहेको छ । 

त्यसैगरी, परराष्ट्र, प्रशासन, लेखापरिक्षण सेवा र संघीय संसद सेवातर्फ (संयुक्त र एकिकृत) तर्फ खुलामा ११६ जनाका लागि आवेदन खुलाएको छ । जसमध्ये महिलाका लागि ३३ जना, आ.ज. तर्फ २४ जना, मधेशीका लागि २२ जना, दलितका लागि १० अनि अपाङ्गको सिटमा ४ जना र पि.क्षेका लागि ४ जनाको सिट रहेको छ ।

राष्ट्रिय मानव अधिकार सेवातर्फ खुलामा २, महिलामा १ र मधेशीका लागि १ सिट गरि कुल ४ पदका लागि विज्ञापन खोलिएको छ ।

लोकसेवा आयोगको सुचना अनुसार न्यायसेवातर्फको लिखित परिक्षा 
प्रथम पत्र शासन प्रणालीको परिक्षा २०८१/१२/२२ गते, समसामयिक विषयका लागि २०८१/१२/२३ गते र समसामयिक कानून र अभ्यासकाको परिक्षा २०८१/१२/२४ गते दिनको २ बजे हुने छ । 

त्यसैगरी परराष्ट्र, प्रशासन, लेखापरिक्षण र संघीय संसद सेवातर्फका परिक्षाका

प्रथम पत्रको परिक्षाको मिति २०८१/१०/२६ गते विहान ११ बजे तोकिएको छ  भने दोस्रो पत्र २०८१/१२/२५ गते, तेस्रो पत्र २०८१/१२/२६ गते र चतुर्थ पत्रको परिक्षा २०८१/१२/२७ गते दिनको २ बजेका लागि तोकिएकको छ ।

दरखास्त दिने अन्तिम मिति २०८१/९/१६ गते र दोब्बर दस्तुरको मिति २०८१/०९/२३ गतेसम्म रहेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट