Techie IT

महुली लघुवित्तको एफपीओ पुस ५ देखि खुल्ने, अधिकतम १ हजार कित्तासम्म आवेदन गर्न सकिने


महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) खुला गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनका लागि यो एफपीओ ल्याउन लागिएको हो।

लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९ कित्ता शेयर निष्काशन गर्न लागेको छ। लगानीकर्ताले पुस ९ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि पुस १९ गतेसम्म लम्बिनेछ।

एफपीओ निष्काशनका लागि लघुवित्तले क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालबाट “इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस” प्राप्त गरेको छ। यो रेटिङले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हाल महुली लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपछि यो पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट