Techie IT

सन् २०४० सम्म नवीकरणीय ऊर्जा मुख्य स्रोत बनाउने जापानको लक्ष्य


Getty Image

जापान सरकारले सन् २०४० सम्म सौर्य र वायुजस्ता नवीकरणीय ऊर्जालाई देशको सबैभन्दा ठूलो ऊर्जा स्रोत बनाउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। प्रस्तावित योजनाले नवीकरणीय ऊर्जाको योगदान कुल विद्युत उत्पादनको ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

थर्मल पावरलाई उछिन्ने लक्ष्य
नवीकरणीय ऊर्जाले सन् २०४० सम्म थर्मल पावरलाई उछिन्दै ३० प्रतिशतदेखि ४० प्रतिशत हिस्सा ओगट्नेछ। हाल, जापानको ऊर्जा नीतिले सन् २०३० सम्म नवीकरणीय ऊर्जाको हिस्सा ३६ प्रतिशतदेखि ३८ प्रतिशतसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

यद्यपि, नवीकरणीय ऊर्जाको विस्तारले मौसमको निर्भरता र उच्च लागतजस्ता चुनौतीहरूको सामना गर्नुपर्छ। जापानले यसलाई समाधान गर्न प्राविधिक आविष्कारमा जोड दिँदै विस्तारको गति तेज पार्ने योजना बनाएको छ।

यो योजना अनुसार, आणविक ऊर्जाले आफ्नो २० प्रतिशत योगदान कायम राख्नेछ। यसले नवीकरणीय ऊर्जासँगै कार्बनमुक्त ऊर्जा उत्पादन (डेकार्बोनाइजेशन) को प्रमुख सहायकको रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। डेकार्बोनाइजेशन प्रक्रियामा कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न कम-कार्बन ऊर्जा स्रोतहरूको उपयोगलाई प्रोत्साहन गरिन्छ। जापानले यो लक्ष्य हासिल गर्न नवीन ऊर्जा प्रविधिहरूको विकासमा जोड दिएको छ।

यी योजनाहरूको मस्यौदा अर्को हप्ता सार्वजनिक गरिने अपेक्षा गरिएको छ। जापानको यो रणनीतिक योजना जलवायु परिवर्तनसँग जुध्ने र दिगो विकास लक्ष्यलाई अगाडि बढाउने दिशामा ठुलो कदम मानिएको छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट