काँग्रेस नेता मोहन बस्नेत ‘डेट एक्स्पायर्ड गुण्डा नाइके’ - माओवादी नेता सहयात्री
फेसबुकमा उनले बस्नेतलाई 'पञ्चायती सिआडीको घुमुवा भत्ता खाएर कांग्रेसको सुराकी गर्न नेविसंघमा छिरेका डेट एक्स्पायर्ड गुण्डा नाइके' भन्दै आरोप लगाएका छन्।
नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्रीले नेपाली काँग्रेसका नेता मोहन बस्नेतप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा कडा स्ट्याटस लेखेका छन्।
फेसबुकमा उनले बस्नेतलाई 'पञ्चायती सिआडीको घुमुवा भत्ता खाएर कांग्रेसको सुराकी गर्न नेविसंघमा छिरेका डेट एक्स्पायर्ड गुण्डा नाइके' भन्दै आरोप लगाएका छन्।
सहयात्रीले बस्नेतले सिन्धुपाल्चोकको एक कार्यक्रममा आफूलाई 'कुल्ली' भनेर टिप्पणी गरेको भन्दै आक्रोश पोखेका छन्। उनले बस्नेतलाई 'तस्करी र गुण्डागर्दीलाई राजनीतिक वैधानिकता दिएर सिन्धुपाल्चोकको सामाजिक स्तरलाई दुर्नाम बनाउने सामन्तको दलाल' को संज्ञा दिएका छन्।
सहयात्रीले आफू विद्यार्थी, मजदुर र विभेदविरुद्ध लड्ने योध्दाका रूपमा जीवन विताएको भन्दै आफ्नो संघर्षको इतिहासलाई गर्वसाथ प्रस्तुत गरेका छन्। उनले आफ्नो राजनैतिक जीवन पारदर्शी रहेको र जनताको अदालतमा कुनैपनि हिसाब किताब दिन आफू तयार रहेको उल्लेख गरेका छ ।
सहयात्रीले चर्चित टेरामक्स काण्डको फाइल खोल्ने चेतावनी दिँदै बस्नेतको 'हैसियत' सार्वजनिक हुने दाबी गरेका छन्। उनले बस्नेतलाई व्यक्तिगत स्वार्थ र राजस्व असुलीका लागि स्थानीय व्यापारीहरूसँग बार्गेनिङ गर्ने व्यक्ति भएको आरोप लगाएका छन् ।
सहयात्रीले २०७९ को निर्वाचनमा माओवादी र कांग्रेसबीचको गठबन्धनको सम्झना गर्दै इमानदार कांग्रेस कार्यकर्ताले मात्र गठबन्धनको निर्णय मानेको दाबी गरेका छन्। उनले सिन्धुपाल्चोकका माओवादी नेता तथा कार्यकर्ता कसैको धम्कीले डराउने जात नभएको स्पष्ट पारे।
सहयात्रीले लेखको अन्त्यमा सत्यका लागि आफू सधैं लड्ने, हार स्वीकार गर्ने तर सत्यलाई स्थापित गर्ने क्षमता रहेको दाबी गरेका छन्। उनले लठुवा राजनीतिले दीर्घकालसम्म टिक्न नसक्ने भन्दै जनतालाई मूर्ख नठान्न चेतावनी दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस