विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन
हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आजहवाई सेवा सञ्चालनमा आएकोछ ।
हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आजहवाई सेवा सञ्चालनमा आएकोछ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाईसेवा सञ्चालनमा आएको नागरिक उड्डयनप्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिए।
मौसम सफा भएपछि आजबिहानैदेखि विमानस्थल सञ्चालनमा आएको उनले बताए।विमानस्थलको पार्किङस्थलमा जमेको केही हिउँ आफैँपग्लिएर गए पनि रनवेमाजमेको हिउँ सुरक्षाकर्मीको सहयोगमापन्छाइएको हो। जिल्लामा हिमपातहुँदा सोमबार एक दिन हवाईसेवा अवरुद्ध भएको थियो ।
सेवा सञ्चालनमा आएपछि नेपालगञ्जबाट सीता र ताराएयरले एक एक उडानगरेका हुन् भने सीताएयरले नेपालगञ्ज र सुर्खेत एक–एक गरी दुईफ्लाइट उडान गरेको सीतासिमकोट स्टेसनका सूर्य लामाले बताए।
हुम्लामा सीता, समिट, तारा एयर रसरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि उडान भर्दै आएकाछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस