वर्षमा पाँच लाखलाई रोजगार दिनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकआर्थिक वर्षमा पाँच लाखलाई रोजगारीसिर्जना गर्नुपर्ने बताएका थिए ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकआर्थिक वर्षमा पाँच लाखलाई रोजगारीसिर्जना गर्नुपर्ने बताएका थिए ।
७६औँँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाअवसरमा मानव अधिकार तथा शान्ति समाजले मंगलबार आयोजना गरेको ‘बढ्दो युवा पलायन रसैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पलायनरोक्न देशमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् ।
एक आर्थिक वर्षमा कति राजस्व संकलनभयो भनेर मापन गरिएजस्तै वर्षमा कति रोजगारी सिर्जनाभयो भनेर पनि मापनगरिनुपर्ने उनले बताए।
‘मुख्य राजनीतिक दलमा यस्ता विषयमाछलफल नै हुँदैन, सञ्चारमाध्यमलेपनि यस्ता विषयमा बहस गराउन सकेकोछैन, सत्तारुढ दलको दुई दलीयसंयन्त्रमा मैले यस्ता विषयमाबहसको आरम्भ गराएको छु, रोजगारी सिर्जनागर्न सकियो भने राजनीतिक नेतृत्वलाईपनि सहज हुन्छ’, उनले भने।
अबको समय ज्ञान अर्थतन्त्रको भएकाले त्यसका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने महामन्त्री थापाको भनाइ छ ।धेरै युवा रोजगारीकै लागि विदेशिएकाले वैदेशिक रोजगारसहित स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने गरी मन्त्रालयको व्यवस्था गरिनु पर्ने उनको धारणा छ।
तपाईको प्रतिक्रिया दिनुहोस