Techie IT
२०८२ वैशाख ७, आइतबार

लुम्बिनीको पहिलो जितले चितवन राइनोजलाई धक्का

नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ।


नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ। यससँगै लगातार तीन खेलको हारपछि लुम्बिनीले पहिलो जित निकालेर राहतको श्वास फेरेको छ । 
 

कप्तान रोहितको सर्वाधिक ८० रन मद्दतमा लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवन २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३४ रनमा समेटियो । 
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । 
 

यसअघि तीनवटा खेल लगातार हारेर अंक तालिकाको पुच्छरमा रहेको लुम्बिनीले कप्तान कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा उत्कृष्ट लयसहित जित निकालेको हो । 
 

चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युक बेनकेनस्टन अभिषेस गौतमले आउट गराए । 

उता, कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडेका थिए भने रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भएका थिए । त्यसअघि हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको लक्ष्य निर्धारण गरेको थियो ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट