Techie IT

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु


आज देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ । 

रौतहट, चन्द्रपुर नगरपालिका-४ धन्सारपुल नजिकै बा.१६ च ३१६२ नम्बरको स्कारपियो अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सिराहा अर्नामा गाउँपालिका-५ बलुवाटोल बस्ने ४० वर्षीय श्रीकुमार यादव समेत ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको चपुरस्थित हाईवे ट्रमा सेन्टरमा र ५ जनाको सिभिल अस्पताल चपुरमा उपचारको  क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार अन्य ५ जनाको चपुरस्थित हाईवे ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बाँके, जानकी गाउँपालिका-४ बकसपुरस्थित अम्बे स्टिल कम्पनीको कम्पाउन्डमा भे.१ क २०१० नम्बरको क्रेनको ठक्करबाट सुर्खेत गुर्भाकोट नगरपालिका-१३ बस्ने २३ वर्षीय दिपेन्द्र पङ्गालीको सोमबार दिउँसो मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्की, पोखरा महानगरपालिका-९ न्यूरोडस्थित सडकमा बा.१३ च २५७५ नम्बरको स्कारपियोले ग.१८ प ४९११ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक रूपा गाउँपालिका-४ भाउडाँडा बस्ने २० वर्षीया प्रतीक्षा सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पद्‍म नर्सिङ होम न्यूरोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

मोरङ, सुन्दरहरैंचा नगरपालिका-१ पचामस्थित सडकमा प्रदेश १-०४-००१ च ०१९५ नम्बरको पिकअप गाडीले बा. ९८ प ६७०८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-१० बस्ने २४ वर्षीय हर्ष ढकालको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 
कपिलवस्तु, बाणगंगा नगरपालिका-६ सुठौलीस्थित सडकमा लु.३२ प ३०१ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ बनकसिया बस्ने २४ वर्षीय निसान न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट