Techie IT

रविको विषयमा मानवअधिकार आयोगले लियो जानकारी

ष्ट्रिय मानवअधिकार आयोगले सहकारी ठगी प्रकरणमा पक्राउपरेका पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमानेपाल प्रहरीका उच्च अधिकारीहरूसँग जानकारीलिएको छ ।


ष्ट्रिय मानवअधिकार आयोगले सहकारी ठगी प्रकरणमा पक्राउपरेका पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमानेपाल प्रहरीका उच्च अधिकारीहरूसँग जानकारीलिएको छ । 

सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा मानव अधिकार हनन्भएको दाबीसहित परेको उजुरीका आधारमा आयोगले प्रहरीका उच्च अधिकारीहरूसँग जानकारीलिएको हो । 

प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकारहनन् गरिएकोले छानविन गरी मानव अधिकारसंरक्षण गरीपाउँ भन्ने समेत व्यहोराको आयोगमापरेको उजुरीका सम्बन्धमा आयोगबाट अनुसन्धान प्रारम्भ गरिएको आयोगका सहसचिवुमेत रहेका प्रवक्ता डा। टीकाराम पोखरेललेजानकारी दिए। 

उनले घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितका प्रहरी उच्चअधिकारीहरुसँग सोमबार आयोगले थप जानकारी लिएकोबताए । 

जानकारी लिने क्रममा आयोगकासदस्य मनोज दुवाडीले कानूनीशासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूतमानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दैनिष्पक्ष र स्वतन्त्र अनुसन्धानहुनुपर्नेमा आयोगको चासो रहेको बताएकोआयोगको विज्ञप्तिमा उल्लेख छ । 

आयोगले मानव अधिकार हनन्सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग समेत थप बुझुनुपर्नेभन्दै अनुसन्धानलाई निरन्तर जारी राखेको जनाएकोछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट