सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित अनुमोदित

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको राष्ट्रिय सुरक्षा परिषद्को ३४औँ बैठकले आव २०७९-८० र २०८०-८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको छ। बैठकले संविधानअनुसार यस प्रतिवेदनलाई राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ।
बैठकमा अन्तर्राष्ट्रिय, क्षेत्रीय, र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरिएको थियो। साथै, राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरू, हालका घटनाक्रमले सुरक्षामा पार्न सक्ने प्रभाव, र भावी रणनीतिबारे छलफल भएको जानकारी दिइएको छ।
बैठकमा उपप्रधानमन्त्री र अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, कायममुकायम प्रधानसेनापति, र रक्षासचिव सहभागी थिए।
तपाईको प्रतिक्रिया दिनुहोस