Techie IT
२०८२ वैशाख ४, बिहीबार

कैलालीमा ‘सुदूरपश्चिम महोत्सव’ १८ औं संस्करण शुरु, मन्त्री भण्डारीद्वारा उद्घाटन


कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण आजदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको हो ।     
    
महोत्सवको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशका प्रचुर सम्भावनाहरूलाई पहिल्याएर आर्थिक विकास र समाज परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । “हाम्रा आशा, अपेक्षाहरू र सम्भावनाहरू थुप्रै छन्”, उनले भने, “यी सम्भावना, आशाहरूलाई सम्भावनामा बदल्ने र आजको व्याप्त निराशा, अन्यौलतालाई चिरेर आशामा बदल्नुपर्ने एउटा राष्ट्रिय दायित्व छ ।”     
    
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताएका छन् ।     
    
महोत्सव आयोजना गर्न रू तीन करोड लागत लाग्ने र रू १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै, यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।     
    
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् । 

समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत विसं २०६३ साल यो महोत्सव पर्वका रूपमा आयोजना हुँदै आएको छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट