Techie IT

स्थानीय स्रोतको उपयोग गरी देशलाई समृद्ध बनाउन नेता शर्माको आग्रह


गलकोट (बागलुङ), २२ मंसिर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर मात्र देशलाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन सकिने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग–व्यापार सङ्गठनको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले फलाम, तामा जस्ता बहुमूल्य खनिजहरूको उत्खननमा राज्यले ध्यान दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिए।

पूर्वअर्थमन्त्री शर्माले मुलुकमा सूचना प्रविधिको क्षेत्रमा प्रगति भएको तर अझै धेरै सम्भावना रहेको कुरा उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता व्यक्त गरेका छन्।

उनले यस भेगका प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र कालिका भगवतीमा धार्मिक पर्यटकको आगमन बढाउन कालीगण्डकी नदीमा पाइने शालिग्रामको महत्वबारे प्रचारप्रसार बढाउन र कालीगण्डकीको तटीय क्षेत्रको विकास अपरिहार्य भएको विचार राखेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट