बिमस्टेक सम्मेलन स्थगित: दक्षिण एशियामा क्षेत्रीय भविष्य अनिश्चित
दक्षिण र दक्षिणपूर्वी एसियामा अस्थिरता बढ्दा क्षेत्रीय संगठनहरूको भविष्यमा संकट उत्पन्न भएको छ।

दक्षिण र दक्षिणपूर्वी एसियामा अस्थिरता बढ्दा क्षेत्रीय संगठनहरूको भविष्यमा संकट उत्पन्न भएको छ। हालै थाइल्याण्डको बैंककमा निर्धारित बिमस्टेक शिखर सम्मेलन अचानक स्थगित भएको छ, जसले दक्षिणपूर्वी एशियाका क्षेत्रीय समीकरणलाई प्रश्नचिह्नमा राखेको छ।
सार्कको हालको अस्थिरता र बिमस्टेकको अनिश्चित भविष्यले क्षेत्रीय संगठनहरूको कमजोरीलाई प्रकट गरेको छ। बिमस्टेक १९९७ मा थाइल्याण्डमा स्थापना भएको थियो र हालसम्म पाँचवटा शिखर सम्मेलन सम्पन्न भएका छन्।
थाइल्याण्डको संवैधानिक अदालतले साउन ३० मा निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई पदमुक्त गरेपछि शिखर सम्मेलनको तयारी प्रभावित भएको हो। नयाँ सरकार गठन र कानूनी प्रक्रियाका कारण सम्मेलन स्थगित गरिएको छ, र नयाँ मिति अझै तय भएको छैन।
सार्क, बीबीआइएन, र ब्रिक्स-बिमस्टेक जस्ता क्षेत्रीय मञ्चहरूको निष्क्रियता र राजनीतिक अस्थिरताले क्षेत्रीय सहयोगको भविष्यलाई धक्का पु-याएको छ। यसैबीच, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण थाइल्याण्डबाट गर्न चाहन्थे, तर सम्मेलन स्थगित भएपछि उनी अब संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको यात्रा गर्नेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस