धनगढीका मेयर हमाल अस्वस्थ, तत्काल दिल्ली रेफर
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घात (ब्रेन अट्याक)को समस्या देखिएपछि थप उपचारका लागि दिल्ली रेफर गरिएको छ।
शुक्रबार राति समस्या देखिएपछि उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो। तर, उपचार सम्भव नभएपछि शनिबार दिल्ली पठाइएको अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले जानकारी दिए।
डा. साउदका अनुसार मेयर हमाललाई मस्तिष्कको पक्षघात (Stroke) अर्थात cerebellum infraction भएको छ। यद्यपि, उनको अवस्था खतरामुक्त रहेको र थप उपचारका लागि विशेषज्ञको निगरानीमा राखिने बताइएको छ।
मेयर हमाललाई मस्तिष्कको नसामा समस्या देखिएको थियो। प्रारम्भिक उपचार न्यूरोलोजिस्ट डा. हरि पौडेलको नेतृत्वमा गरिएको थियो। चिकित्सकका अनुसार, अवस्था जटिल नभए पनि रोगको प्रकृतिका कारण थप विशेषज्ञ उपचार आवश्यक परेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस