Techie IT

करेन्ट लागेर दुई जनाको मृत्यु


मकवानपुर र सिराहामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

मकवानपुर:
हेटौंडा उपमहानगरपालिका-११, गोल्पिङटारका ५८ वर्षीय मन्ताज मियाको आफ्नै घरको तला थप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। फलामको रड ल्याउने क्रममा नजिकै रहेको ११ हजार भोल्टको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई चुरेहिल अस्पताल, हेटौंडामा उपचारका लागि लगिए पनि ज्यान बचाउन सकिएन।

सिराहा:
धनगढीमाई नगरपालिका-५, जयपुर टोलका ३६ वर्षीय रघुनाथ साहको आफ्नै घरमा विद्युतीय मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भयो। गम्भीर अवस्थामा अस्पताल लगिए पनि प्रादेशिक अस्पताल लहानमा उनको निधन भएको हो।

दुवै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट