Techie IT

सन् २०२५ का लागि नौ अर्ब ९० करोड डलर सहयोग जुटाउने युनिसेफको लक्ष्य


राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय (युनिसेफ)ले विश्वका युद्ध तथा अन्य सङ्कटबाट प्रभावित लाखौं युवाका लागि अर्को वर्ष सहयोग उपलब्ध गराउन नौ अर्ब ९० करोड अमेरिकी डलर को आर्थिक सहायता आह्वान गरेको छ ।     
    
’बालबालिकाको मानवीय आवश्यकताको मात्रा बढिरहेको र यसका लागि सहयोग रकममा पनि वृद्धि हुनु जरूरी रहेको युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेल बताउनुभएको हो ।     
    
उनले भने, “हरेक दिन धेरै बालबालिका प्रभावित भएका छन् । यसका कारण बालबालिकाको मानवीय आवश्यकताको मात्रा ऐतिहासिक उच्च स्तरमा छ र यसका लागि सहयोगका लागि थप रकम जुटाउने लक्ष्य हाम्रो संस्थाले लिनु जरूरी छ।”     
    
उक्त रकमले १० करोड ९० लाख बालबालिकालाई लक्षित गरी प्राथमिक स्वास्थ्य संस्था, मानसिक स्वास्थ्य सेवा, खानेपानी तथा शिक्षा, कुपोषण जाँच र लैङ्गिक हिंसा न्यूनीकरणमा पहुँचका लागि सहयोग गर्नेछ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट