Techie IT

प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान, जनयुद्धका नेताहरू सम्मानित


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ‘गणतन्त्र नायक’ सम्मान प्रदान गरिएको छ। बुधबार गणतन्त्र सेनानी कोषले प्रचण्डलाई सम्मान गर्दै राजतन्त्रको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्मको नेतृत्वको कदर गरेको हो।

कोषले देशलाई गणतान्त्रिक संरचनामा पु¥याउन दश वर्षे जनयुद्ध, जनआन्दोलन, संविधानसभाको निर्वाचन र गणतन्त्र घोषणा हुँदै संविधान निर्माण तथा सरकारको नेतृत्वमा प्रचण्डको योगदानलाई विशेष रुपमा स्मरण गरेको छ।

यस अवसरमा जनमुक्ति सेनाका डेपुटी कमान्डरहरू नन्दकिशोर पुन ‘पासाङ’, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’, र चक्रपाणि खनाल ‘बलदेव’लाई पनि ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरिएको छ।

गणतन्त्र सेनानी सम्मान यसै वर्षदेखि सुरु गरिएको कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए। बागमती प्रदेशका १३ जिल्लाबाट एक–एक जना सेनानी तथा एकजना संस्कृतिकर्मीलाई पनि सम्मान गरिएको छ। कोषले आगामी दिनमा यो सम्मानलाई देशव्यापी बनाउँदै लैजाने योजना अघि सारेको छ।

यस सम्मानले गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सबै सेनानीहरूको योगदानलाई सम्मानित गर्ने उद्देश्य राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट