Techie IT

कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह


उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्न २४ घण्टा बीमाको व्यवस्था गर्न कतार सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीसँगको भेटमा यस आशयको अनुरोध गर्नुभएको हो।

उपराष्ट्रपति यादवले कतारमा मृत्यु वा घाइते भएका नेपाली श्रमिकहरूको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउनका साथै विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग पुर्‍याउन पनि राजदूतसँग आग्रह गर्नुभयो। उहाँले, "कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्," भन्दै कागजातविहीन नेपालीलाई नियमित काम गर्न अनुमति दिने वा उनीहरूलाई नेपाल फर्काउने सहयोग गर्न पनि अनुरोध गर्नुभयो।

यसका साथै, उपराष्ट्रपतिले नेपाल र कतार बीचका द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन र आपसी हितका लागि बहुपक्षीय र क्षेत्रीय मञ्चमा एकअर्कालाई समर्थन गर्दै काम गर्ने महत्त्वमा जोड दिनुभयो। उहाँले नेपाली नागरिक विपीन जोशी लगायत अन्य बन्धकहरूको रिहाइमा कतारको भूमिका प्रशंसा गर्नुभयो।

कतारका राजदूत अन्सारीले नेपाली श्रमिकहरूको हितमा अझ प्रभावकारी काम गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै नेपालमा लगानी प्रवर्द्धन र संरक्षणका पक्षमा पनि आफू सक्रिय रहेको बताउनुभयो। उहाँले कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट