नेपाल र चीनबीच यी ९ बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर
नेपाल र चीनबीच विभिन्न क्षेत्रमा सहमति र समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि ९ वटा प्रमुख बुँदामा सहमति जनाइएको हो। यस सहमतिले दुई देशको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने र विभिन्न क्षेत्रहरूमा सहयोगको नयाँ अवसर खोल्ने अपेक्षा गरिएको छ।
सहमति र समझदारीपत्रका बुँदाहरू यस प्रकार छन्:
१. टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
२. नेपाल-चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारीपत्र आदानप्रदान
३. ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
४. भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
५. विकास योजनासम्बन्धी समझदारीपत्र
६. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
७. नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
८. स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
९. नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र
तपाईको प्रतिक्रिया दिनुहोस