गिनीमा फुटबल प्रतियोगितामा भागदौड मच्चिँदा १०० जना भन्दा बढीको मृत्यु
गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा फुटबल प्रतियोगिताका क्रममा समर्थकबीच विवाद र झडपपछि भागदौड मच्चिएको घटनामा १०० जना भन्दा बढीको मृत्यु भएको जानकारी सोमबार गिनीको जुन्ता नियन्त्रित सरकारले दिएको छ।
रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकबीच विवाद भएको थियो, जसले झडपको रुप लियो परिणामस्वरूप आइतबारको खेलमा घातक भागदौड मच्चिएको राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी विज्ञप्तिको उद्धृत गर्दै जनाएको छ।
गिनीका प्रधानमन्त्री अमादोउ ओरी बाहले घटनाको निन्दा गर्दै फेसबुकमा एक पोस्ट गरेका छन्। उनले लेखे, "सरकारले घटनाको अनुसन्धान गरिरहेको छ र घाइतेहरूको उपचार र अन्य सहयोगमा कुनै पनि बाधा नपुगोस् भन्नेमा पूर्ण सजगता अपनाइरहेको छ।" उनले थपे, "सरकार सबै नागरिकलाई शान्तिका लागि संयम अपनाउन आह्वान गर्दछ।"
यो फुटबल प्रतियोगिता सन् २०२१ मा भएको सत्ता विद्रोहबाट (कू) सत्ता कब्जा गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको थियो।
खेल दक्षिणपूर्वी शहरमा भएको थियो, जहाँ स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त प्रतियोगिता चलिरहेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस