कीर्तिपुरमा कांग्रेसका कृष्णमान डंगोलको अग्रता, एमालेसँग मतान्तर घटाउँदै माओवादी
कीर्तिपुर नगरपालिकाको उपप्रमुख पदका लागि भइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रता कायम राखेका छन्।
सोमबार साँझसम्म पाँच वडाको मतगणना सकिँदा डंगोलले २,९३० मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूसँगको मतान्तर बढाएका छन्। उनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले) का सुरेन्द्र मानन्धरले २,३५८ मत प्राप्त गरेका छन्।
कृष्णमान डंगोल: २,९३० मत
एमालेका सुरेन्द्र मानन्धर: २,३५८ मत
दुबैबीचको मतान्तर: ५७२
तेस्रो स्थानमा माओवादी: माओवादी केन्द्रका शिवशरण महर्जनले २,१०१ मत प्राप्त गर्दै एमालेसँगको मतान्तरलाई २५७ मा झारेका छन्।
अन्य उम्मेदवारहरूको अवस्था: स्वतन्त्र उम्मेदवार राजमान महर्जन: १,११३ मत, दिनेशकुमार अधिकारी: ९१७ मत,
कविकुमार महर्जन: ७०८ मत
वडागत नतिजा:
वडा नम्बर १ मा इच्छाकुमार महर्जन (कांग्रेस) विजयी।
वडा नम्बर ४ मा कांग्रेसकै राजेन्द्र बानियाँ विजयी।
बाँकी मतगणना:
हालसम्म कुल ११,३४९ मतगणना भएको छ। पाँच वडाको मत गणना अझै बाँकी छ, जसले नतिजामा थप परिवर्तन ल्याउन सक्छ।
कांग्रेसका डंगोलको अग्रता जारी रहँदा मतगणनाको बाँकी चरणले थप उत्सुकता थपेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस