Techie IT

कोशीमा राजनीतिक संकट : माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने


कोशी प्रदेशमा राजनीतिक माहोल तताएको छ। नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेभएको छ। यससँगै प्रदेशमा राजनीतिक अस्थिरता बढ्ने निश्चित भएको छ।

आज बसेको प्रदेशसभाको बैठकमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका हुन्। गत साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले केन्द्रमा कांग्रेस-एमालेबीच गठबन्धन बनेपछि यस्तो निर्णय लिएको हो।

अल्पमतमा सरकार

माओवादीको समर्थन फिर्तासँगै एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। नत्र सरकार ढल्नेछ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। राजनीतिक विश्लेषकहरूका अनुसार माओवादीको यो निर्णयले कोशी प्रदेशको राजनीतिमा ठूलो हलचल ल्याउनेछ।

 

#KoshiProvince 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट