नुवाकोट ककनी–२ मा माओवादीका घिमिरे विजयी
नुवाकोटको ककनी गाउँपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले १,०८५ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य जिम्बा तामाङलाई पराजित गरेका हुन्।
मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार कांग्रेसका तामाङले ५८७ मत प्राप्त गरे। अन्य प्रतिस्पर्धीहरूमा एमालेका यमबहादुर लामाले ३४१, राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गलसिद्धि तामाङले ८३, राप्रपाका खेमबहादुर थापाले २८, मङ्गोल नेशनल अर्गनाइजेसनका किरण तामाङले २६, एकीकृत समाजवादीका मानबहादुर लामाले २३, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङले १६ र नेमकिपाका माइली माया तामाङले १४ मत पाएका छन्।
साथै, स्वतन्त्र उम्मेदवार सोनु तामाङ र रमेश पुडासैनीले समान रूपमा १-१ मत पाएका छन्।
कूल ३,१७५ मतदातामध्ये २,२५५ जनाले मतदान गरेका थिए, जसमध्ये ५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस