शाहरुख खान इन्डिया रिच लिस्टमा, सम्पत्ति ७३०० करोड !
बलिउडका बादशाह शाहरुख खानले फेरि एकपटक सबैलाई चकित पारेका छन् । हालै सार्वजनिक भएको हुरुन इन्डिया रिच लिस्ट २०२४ मा शाहरुख खानले आफ्नो स्थान बनाएका छन् । यसको अर्थ, उनी भारतका सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक हुन् ।
५८ वर्षीय सुपरस्टार खानको अनुमानित सम्पत्ति ७,३०० करोड भारतीय रुपैयाँ रहेको छ । यो रकम उनले आफ्नो फिल्म निर्माण कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट र आईपीएल टोली कोलकाता नाइट राइडर्समा गरेको लगानीबाट आर्जन गरेका हुन् ।
हुरुन इन्डियाका संस्थापक र अनुसन्धानकर्ता अनस रहमान जुनैदका अनुसार, फिल्म र क्रिकेट भारतको मुटुको धड्कन हो र शाहरुख खानले यी दुवै क्षेत्रमा आफ्नो पकड बलियो बनाएका छन् । यसैले उनी हुरुन इन्डिया रिच लिस्टमा पर्न सफल भएका हुन् ।
शाहरुख खानसँगै अमिताभ बच्चन, जुही चावला, करण जोहर र ऋतिक रोशनले पनि पहिलो पटक यो सूचीमा आफ्नो स्थान बनाएका छन् । शाहरुख खानका पछिल्ला चलचित्र पठान, जवान र डंकीले बक्स अफिसमा राम्रो कमाई गरेको थियो, जसले उनको कुल सम्पत्तिमा थप योगदान पुगेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस