Techie IT

प्रकाशको पीडामा भावुक कोशी सरकार, कृषि र पशुपालनमा सहयोग गर्ने घोषणा


कोशी प्रदेश सरकारले भोजपुरे प्रकाश तामाङलाई आफ्नो सीपअनुसार कृषि र पशुपालन व्यवसायमा सहयोग गर्ने भएको छ । 'हेर्ने कथा' युट्युब च्यानलमार्फत आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाशको पीडालाई मध्यनजर गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो निर्णय लिएका हुन् ।

मुख्यमन्त्री कार्कीले 'हेर्ने कथा'मा प्रकाशको अवस्था देखेपछि आफू निकै मर्माहत भएको बताए । उनले भने, "प्रकाशजस्तो मेहनती युवालाई हामीले सहयोग गर्नै पर्छ । उनको सीप र रुचिअनुसार कृषि र पशुपालनमा हामीले सहयोग गर्नेछौँ ।"

प्रकाशले हालसम्म औपचारिक शिक्षा हासिल गर्न पाएका छैनन् । यस कारण उनलाई सरकारी जागिर दिन सम्भव नभएको भन्दै मुख्यमन्त्री कार्कीले उनको सीपलाई उपयोगी बनाउन कृषि र पशुपालनमा जोड दिने बताए ।

संघीय सरकारले प्रकाशको नागरिकताका लागि पहल गरिरहेको र नागरिकता प्राप्त भएपछि कोशी प्रदेश सरकारले उनलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

'हेर्ने कथा' टिमले गोर्खाको चुमभ्यालीमा फेला पारेका प्रकाशलाई ३५ वर्षपछि परिवारसँग पुनर्मिलन गराएको थियो । प्रकाशको कथा सार्वजनिक भएपछि देशभरबाट उनलाई सहयोग गर्नेहरुको लहर चलेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट