सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सिराहा र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सिराहा, नरहा गाउँपालिका-५ स्थित सडकमा प्र.२-०१-००२ प ७०५५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री, नरहा गाउँपालिका-४ निवासी ६५ वर्षीय हरी यादवको मृत्यु भएको छ। बिहीबार साँझ भएको घटनामा गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा निधन भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई व्यक्ति पनि घाइते भएका छन्, जसको उपचार बर्तमान हस्पिटल गोलबजारमा भइरहेको छ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका-१३ स्थित सडकमा बिहीबार दिउँसो प्र.१-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र मे.४ प ८९१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालक, ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको छ। गम्भीर घाइते रिजालको उपचारको क्रममा विराटनगरको विराट टिचिङ अस्पतालमा निधन भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना र स्कुटरमा सवार एक व्यक्ति घाइते भएका छन्। घाइतेहरूको गोल्डेन अस्पताल र विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस