सभापति देउवाले गरे महामन्त्रीद्वय सँग छलफल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल सुरू गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल सुरू गरेका छन्।
सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा महामन्त्रीद्वयले प्रस्तुत गरेका प्रस्तावहरूको बारेमा छलफल गर्दैछन्। मंगलबारको छलफलमा महामन्त्री थापा र शर्माले आफ्ना प्रस्तावहरूमा अडिग रहने अडान लिएका थिए, जसका कारण निष्कर्षमा पुग्न सकेको थिएन।
महामन्त्री थापाले आगामी निर्वाचनपछि गठबन्धन नगर्नुपर्ने प्रस्ताव राखेका छन्, जबकि महामन्त्री शर्माले नेताहरूलाई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको पुनरावृत्ति सीमित गर्नुपर्ने सुझाव दिएका छन्।
सभापति देउवा महामन्त्रीद्वयका प्रस्तावमा परिमार्जन गर्न खोज्दैछन्। यदि शर्माको प्रस्ताव पारित भएमा देउवाका लागि प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ। देउवाले गठबन्धन गर्ने निर्णय पार्टीको रणनीतिक योजना हो भन्दै अहिले नै निर्णय नगर्नुपर्ने धारणा राखेका छन्।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति नहुँदा भदौ १६ गतेका लागि सारिएको केन्द्रीय समितिको बैठक रोकिनेको छ। कांग्रेस केन्द्रीय समिति बैठक साउन २३ गतेदेखि सुरु भएको हो, र महामन्त्रीद्वयका प्रस्तावमा छलफल गर्न बैठकलाई बारम्बार स्थगित गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस