Techie IT

नौवस्ता औद्योगिक क्षेत्र निर्माणलाई अघि बढाउने माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र


नौवस्ता औद्योगिक क्षेत्र निर्माणलाई अघि बढाउने माग गर्दै बैजनाथ गाउँपालिकाको सर्वदलीय टोलीले आज पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु भएको यो महत्त्वपूर्ण योजनालाई अहिलेको सरकारले बेवास्ता गरेको भन्दै कामलाई निरन्तरता दिन दबाब दिएको छ। टोलीमा विभिन्न दलका प्रतिनिधिहरू सहभागी रहेका थिए।

ज्ञापनपत्र बुझाउँदै एमाले निकट जनप्रतिनिधिहरूले समेत प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले सरकारलाई योजना अघि बढाउन दबाब सिर्जना गर्न आग्रह गरेका छन्।

ज्ञापन पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले नौवस्ता औद्योगिक क्षेत्र निर्माणलाई राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने आधारका रूपमा चित्रण गर्दै आफूले यस विषयमा निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

उनले यस योजनाले स्थानीय रोजगारी सिर्जना गर्दै समग्र आर्थिक विकासलाई टेवा पुर्‍याउने भएकाले यसको निर्माण कार्य यथाशीघ्र थालनी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

बैजनाथवासीहरूले औद्योगिक क्षेत्र निर्माणको लागि थप दबाब सृजना गर्दै आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउने तयारी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट