राष्ट्रिय सभा बैठक: रोग नियन्त्रणका लागि स्वास्थ्य चेतना माग
राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरूले डेंगी, झाडापखाला जस्ता रोगहरूको नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतना र स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारमा सरकारको ध्यानाकर्षण गरे।

राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरूले डेंगी, झाडापखाला जस्ता रोगहरूको नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतना र स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारमा सरकारको ध्यानाकर्षण गरे।
सांसद इन्दिरादेवी गौतमले वर्षायाममा महामारीजन्य रोगहरूको न्यूनीकरण गर्न, शुद्ध खानेपानी र औषधी उपचारको व्यवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन्।
सांसद गंगाकुमारी बेलवासेले तीजका गीत र नाचमा विकृति नियन्त्रणका लागि पहल गर्नुपर्ने बताइन्। सांसद गोपीबहादुर सार्की अछामीले उदयपुरको कटारी नगरपालिकामा प्रस्तावित मेडिकल कलेजको लागि सरकारको ध्यानाकर्षण गराए।
सांसदहरू गोपाल भट्टराई, जगप्रसाद शर्मा र तुलसाकुमारी दाहालले स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि सरकारसँग माग गरे।
तपाईको प्रतिक्रिया दिनुहोस