प्रतिनिधि सभामा: महँगो नियन्त्रणका लागि सांसदहरूको सुझाव
प्रतिनिधि सभामा सांसदहरूले चाडपर्वको समय नजिकिँदै गर्दा महँगो नियन्त्रण गर्न योजनाबद्ध कार्यान्वयनको आवश्यकता रहेको सुझाव दिएका छन्।

प्रतिनिधि सभामा सांसदहरूले चाडपर्वको समय नजिकिँदै गर्दा महँगो नियन्त्रण गर्न योजनाबद्ध कार्यान्वयनको आवश्यकता रहेको सुझाव दिएका छन्। आजको बैठकमा सांसदहरूले चाडपर्वका बेला महँगो बढ्ने र बजार अनुगमन गर्ने सुझाव दिए।
सांसद अच्युतप्रसाद मैनालीले दलित भूमिहीन सुकुम्वासीहरूको स्थिति सुधार्न र भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने कानुन कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन्।
सांसद अञ्जली श्रेष्ठले महिला हिंसा घटाउन र यसको न्यूनीकरणमा जोड दिइन्। सांसद अनिसा नेपालीले बजेट ढिला निकासा हुँदा तोकिएका कार्यक्रम समयमा सम्पन्न नहुने विषयमा चिन्ता व्यक्त गरिन्। सांसद अनितादेवीले कृषिजन्य वस्तुको बजार सुनिश्चित गर्न र बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।
सांसद अर्जुननरसिंह केसीले हवाई दुर्घटना रोक्न पहल थाल्नुपर्ने सुझाव दिए। सांसद अस्माकुमारी चौधरीले गुठी ऐन समयमा ल्याउनुपर्नेमा जोड दिइन्। सांसद ईश्वरबहादुर रिजालले नेपाली भूमिको संरक्षणमा ध्यान दिनुपर्ने बताए।
सांसद उदयशमशेर जबराले कान्ति लोकपथको चापागाउँ–सुनाकोठीको केही स्थानमा बाटो साँघुरो भएको कारण जाम हुने समस्याबारे सरकारलाई मुआब्जा व्यवस्थापन गर्न सुझाव दिए।
सांसद उर्मिला माझीले सत्ता पक्षले दीर्घकालीन समाधान गर्दै परिस्थितिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। सांसद ईश्वरी घर्तीले हैजा फैलिरहेको भन्दै जनचेतनामार्फत व्यवस्थापन गर्नुपर्ने सुझाव दिइन्। सांसद एकनाथ ढकालले सार्क शिखर सम्मेलनको आयोजनाका लागि पहल गर्न सरकारलाई आग्रह गरे।
सांसद कान्तिका सेजुवालले लैङ्गिक समानताका लागि समसामयिक बहस गर्न आवश्यक रहेको बताइन्। सांसद कालुराम राईले सडकका खाल्टाहरू पुर्न र सुधार गर्न सुझाव दिए। सांसद किरणकुमार साहले संविधान संशोधन गरी समयसापेक्ष बनाउनुपर्ने बताए।
सांसद गणेश पराजुलीले महँगो नियन्त्रण गर्न र आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्नुपर्नेमा जोड दिए। सांसद गोमालाल सापकोटाले वायु प्रदूषण नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुनिश्चित गर्न सुझाव दिए।
सांसद गङ्गा कार्कीले चाडपर्वको बेला बढ्दो बजार भाउ नियन्त्रण गर्नुपर्ने सुझाए। सांसद गङ्गाप्रसाद यादवले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नुपर्नेमा जोड दिए।
आजको बैठकमा सांसद गङ्गाराम चौधरी, अम्मरबहादुर रायमाझी, डा. चन्दा कार्की भण्डारी, डा. चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ डम्डुल लामा (भोटे), छिरिङल्हामु लामा, जावेदा खातुन जागा र जुली कुमारी महतो (महासेठ) ले समसामयिक विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस