Techie IT
२०८२ वैशाख ९, मंगलबार

राष्ट्रपति पौडल द्वारा टीआरसी विधेयकलाई प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयकलाई प्रमाणीकरण गरेका छन्।


राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयकलाई प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयकलाई प्रमाणीकरण दिएका हुन्।

यो विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो। बुधबार सभामुख देवराज घिमिरेले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए।

संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको यो विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि ऐनका रूपमा लागू हुनेछ। यससँगै दुवै आयोगको गठन हुनेछ र शान्तिप्रक्रियाका बाँकी कार्यहरू सम्पन्न गरिनेछन्।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट