Techie IT
२०८२ वैशाख ९, मंगलबार

महानगरको कारबाही: श्रीकेश तेल कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना


काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरपालिकाले तेलको गुणस्तरमा गुनासो आएपछि असार ७ गते विवरण माग गरेको थियो। 

निरीक्षण अधिकृत डा. अवधेश झाले बताए अनुसार, माग गरिएको विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको हो ।

महानगरको अनुगमनमा कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेखसमेत नपाइएको र तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड)को कागजात प्राप्त नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) को अभाव, आइओइएस प्रमाण पत्रको गलत प्रयोग, र कच्चा पदार्थको अपुरो परीक्षण प्रतिवेदन जस्ता समस्याहरू औंल्याइएको छ1। साथै, तेलको लेबलमा उल्लेख फाइदाहरू (जस्तै, कपाल नझर्ने, नयाँ कपाल उमार्ने) पुष्टि हुने कुनै क्लिनिकल ट्रायल वा प्रयोगशाला विश्लेषण उपलब्ध नभएकोले भ्रम सिर्जना हुने शब्दको प्रयोग गरिएको प्रतिवेदनले देखाएको छ ।


महानगरले श्रीकेशको थप कारबाहीको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट