मौसम अपडेट: चार प्रदेशमा हल्की वर्षा हुने सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा यसको औसत स्थानको केही दक्षिणतर्फ र पूर्वमा औसत स्थानको वरपर अवस्थित रहेको छ।
हाल देशभर आंशिकदेखि सामान्य रूपमा बादल छाएको छ। गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज देशभर मौसम आंशिकदेखि सामान्य रूपमा बादलयुक्त रहनेछ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, साथमा चट्याङ र बिजुलीको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा पनि हुने सम्भावना छ। यसैगरी, पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य रूपमा बादलयुक्त रहनेछ र देशका अन्य भागहरूमा राति आंशिक रूपमा बादल हुनेछन्।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, साथमा चट्याङ र बिजुलीको सम्भावना रहेको छ र अन्य प्रदेशका एक वा दुई स्थानहरूमा पनि यही सम्भावना रहेको छ।
अगामी २४ घण्टामा देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, चट्याङ र बिजुलीको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा पनि हुने सम्भावना छ।
विभागले सम्बन्धित निकायलाई भूस्खलन, बाढी, पहिरो र माटोको कटान जस्ता विपद् जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ र यसले ती क्षेत्रहरूमा दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक रूपमा प्रभाव पार्न सक्छ।
तपाईको प्रतिक्रिया दिनुहोस