पूर्वसभामुख ढुंगानाको निधनमा पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा शोक व्यक्त गर्दैपार्टीको केन्द्रीय कार्यालयमा दुई दिनसम्म झण्डाआधा झुकाउने निर्णय गरेको छ।
नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा शोक व्यक्त गर्दैपार्टीको केन्द्रीय कार्यालयमा दुई दिनसम्म झण्डाआधा झुकाउने निर्णय गरेको छ।
सोमबार आयोजित आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले आज र भोलि (सोमबार र मंगलबार) झण्डाआधा झुकाउने निर्णय गरेपछि मंगलबार केन्द्रीय कार्यालय बन्द गर्ने निर्णयपनि लिएको मुख्य सचिव कृष्णप्रसाद पौडेललेजानकारी दिए। साथै, ढुंगानाको१३औं शोक दिवसमा केन्द्रमाशोक सभाको आयोजना गरिने भएको छ।
पूर्वसभामुख ढुंगाना ८३ वर्षको उमेरमाआइतबार काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा निधनभएका थिए। उनले ०४८को आम निर्वाचनमा कांग्रेसकोतर्फबाट काठमाडौं–२ बाट विजयप्राप्त गरेका थिए र ०४८देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुखको पदमा कार्यरत थिए।
तपाईको प्रतिक्रिया दिनुहोस