ढुङ्गानाको योगदान इतिहासमा स्वर्णाक्षरमा लेखिन्छ : आयोग
राष्ट्रिय मानव अधिकार आयोगलेप्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको योगदानलाई इतिहासमा स्वर्णाक्षरमा लेखिने बताएसँगै उनको निधनप्रति दुःखव्यक्त गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगलेप्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको योगदानलाई इतिहासमा स्वर्णाक्षरमा लेखिने बताएसँगै उनको निधनप्रति दुःखव्यक्त गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेललेआज जारी गरेको प्रेसविज्ञप्तिमा ढुङ्गानाले देश र नागरिकअधिकारको रक्षामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दैत्यसलाई सधैँ कदरयोग्य रहेकोबताएका छन्।
विज्ञप्तिमा भनिएको छ, "ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुनी व्यवस्था र मानव अधिकारक्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ, र देशलेअमूल्य निधि गुमाएको छ।"
आयोगले नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानून कार्यान्वयन, शान्ति प्रक्रिया र मानव अधिकारकोसंरक्षणमा ढुङ्गानाको योगदानको स्मरण गर्दै उनका परिवारमा समवेदनाप्रकट गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस