Techie IT

यी हुन् माओवादी केन्द्रको तर्फबाट कर्णाली प्रदेशका ८ स्थानका उम्मेदवारहरु


कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही मङ्सिर १६ गते रिक्त पदका लागि हुने उपनिर्वाचनमा ४४ जनाले उम्मेदवारी दिएका हुन् ।

कर्णालीमा नलगाड नगरपालिकाका उपप्रमुख, महावु गाउँपालिका दैलेखका अध्यक्ष, सर्केगाड गाउँपालिका उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।  

२०८१ मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) तर्फबाट कर्णाली प्रदेशका ८ स्थानमा उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका माओवादी केन्द्रका उम्मेदवारहरु निम्नासार छन् । 

महावु गाउपालिका, दैलेख - अध्यक्ष: जंगबहादुर बराल मगर
नलगाढ नगरपालिका, जाजरकोट - उपमेयर: देवका लामिछाने (शोभा)
सर्केगाढ गाउपालिका, हुम्ला - उपाध्यक्ष: देवकी तिमिल्सिना
दुल्लु नगरपालिका १३, दैलेख - वडाध्यक्ष: ढकेन्द्र शाही
सानीभेरी नगरपालिका ५, रुकुम पश्चिम - वडाध्यक्ष: जसिराम बस्नेत
कुशे गाउपालिका ५, जाजरकोट - वडाध्यक्ष: गोरख नेपाली
तिलागुफा नगरपालिका ४, कालिकोट - वडाध्यक्ष: नैशोभा शाही
त्रीपुरासुन्दरी नगरपालिका, डोल्पा - वडाध्यक्ष: नर झाक्री



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट