काठमाडौँको गोकर्णेश्वरमा एकै परिवारका तीन सदस्य घरभित्र मृत फेला
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छामा एकै परिवारका तीन जना घरभित्र मृत अवस्थामा फेला परेका छन्।
कान्छा नगरकोटीकी श्रीमती सीता दङ्गाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुई महिनाका छोरा आफ्नै कोठामा मृत भेटिएको काठमाडौँ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।
कान्छा नगरकोटीले गत कात्तिक १६ गतेदेखि परिवार सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए। त्यसपछि प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घरको कोठाभित्र उनीहरू मृत अवस्थामा फेला पारेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस