Techie IT

कोप–२९ : राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२९)मासहभागी हुन अजरबैजानको बाकुमारहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाटएक उच्चस्तरीय


जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२९)मासहभागी हुन अजरबैजानको बाकुमारहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाटएक उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन्।

सत्रको विषय ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ रहेको छ, जसमा नेपाललेआफ्नो ‘एजेण्डा’लाई विश्व समुदायकोध्यानमा ल्याउनेछ।

मङ्गलबार, कोप शिखर सम्मेलनमानेपालका तर्फबाट मन्तव्य राख्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा पृथ्वीको सुरक्षा हो भन्ने महत्त्वपूर्णसन्देश विश्व समुदायलाई दिइएको थियो। उनले भने, "हिमालकोसुरक्षा भनेको पृथ्वीको सुरक्षा हो। पर्वतीय मुलुककासेता हिमाल काला पहाडमा परिणतहुने क्रममा यी मुलुकहरू मात्रैहोइन, तल्लो तटीय मुलुकहरू पनिसंकटमा पर्नेछन्। यो वास्तविकता विश्वलेबिर्सन हुँदैन।"

यसैगरी, माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मैज्जुसँगमङ्गलबार भएको भेटमा राष्ट्रपतिपौडेलले नेपाल र माल्दिभ्स जस्तादेशहरू जलवायु परिवर्तनको मारमा परेका कारण, जलवायु वार्तामा एकसाथ सहकार्य गर्नुपर्ने महत्त्वपूर्ण कुरा उठाएका थिए।

यस सम्मेलनमा नेपाल राष्ट्रपति पौडेलको नेतृत्वमा 'विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन'मासहभागी भएको हो।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामाराष्ट्रपति पौडेल सोमबार बाकु पुगेका थिए।सम्मेलनमा ४० देशका राष्ट्रपतिवा उपराष्ट्रपति र ३५ देशकाप्रधानमन्त्रीसहित, जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापीसहकार्यका लागि सहभागी भएकाछन्।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट