Techie IT

जलवायु समस्या समाधानका लागि नयाँ वित्तीय सम्झौता आवश्यक: महासचिव गुटेरेस


File Photo

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला जलवायु चुनौतीहरूको सामना गर्न विश्व समुदायले जलवायुवित्तमा नयाँ सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् । अजरबैजानको बाकुमा सुरु भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई सम्बोधन गर्दै उनले जलवायुसम्बन्धी दीर्घकालीन समाधानका लागि नयाँ वित्तीय लक्ष्यहरू निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

गुटेरेसले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न पर्याप्त पहल नगरेमा विश्वले गम्भीर परिणाम भोग्नुपर्ने बताए। साथै, विकासशील राष्ट्रहरूले यस अभियानमा पूर्ण सहभागिता र आर्थिक सहयोग नपाउँदा उनीहरूलाई जलवायु प्रतिकूलतासँग जुध्न कठिन हुने भन्दै, विकासशील मुलुकहरूलाई थप वित्तीय सहयोग दिन आग्रह गरेका छन् । उनले जलवायु परिवर्तनका कारण उत्पन्न मानवीय विपदहरूलाई रोक्न आवश्यक तयारीमा जुट्न सबैलाई आग्रह गरे । 

महासचिव गुटेरेसले बढ्दो जलवायु संकटका बीच हालसम्मको सहकार्य मात्र पर्याप्त नभएको बताउँदै सबै राष्ट्रले यस क्षेत्रमा ठोस र दीर्घकालीन समाधानका लागि आवश्यक वित्तीय सहयोग पुर्याउनुपर्नेमा जोड दिए । उनले आर्थिकरूपमा अक्षम राष्ट्रहरूले जलवायुविपद्का कारण सामना गरिरहेको समस्यालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन आग्रह गरे ।

उनले जलवायु सम्बोधनमा ढिलाइले गर्दा मानिसहरूको जीवन थप संकटमा पर्ने र महँगीमा थप वृद्धि हुने भन्दै, अब जलवायु संरक्षणका लागि विश्वव्यापी एकतामा आधारित ठोस कदम चाल्न सबै राष्ट्रहरूलाई आह्वान गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हामको अपिल

उद्घाटन सत्रमा अजरबैजानका राष्ट्रपति इल्हामले सम्मेलनमा भाग लिएका दुई सय मुलुकका प्रतिनिधिहरूलाई स्वागत गर्दै जलवायु परिवर्तनले सिर्जना गरेको संकटलाई सामूहिक रुपमा सम्बोधन गर्न एकता आवश्यक रहेको बताएका थिए । उनले जलवायु समस्याहरूलाई सबै राष्ट्रले सामूहिक रूपमा समाधान नगरेमा यो संकट थप गम्भीर बन्ने चेतावनी दिए ।

सचिव साइमन स्टियलको चेतावनी

संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायुसम्बन्धी तीव्र संकटले विश्वव्यापी अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्याइरहेको बताए । जलवायुकै कारण धेरै देशहरूको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पाँच प्रतिशतसम्म घटिरहेको भन्दै स्टियलले अब जलवायु विपद्हरूले समाज र अर्थतन्त्रमा थप चुनौती निम्त्याउने चेतावनी दिएका छन् । 

उनले जलवायु सम्बन्धी नयाँ वित्तीय योजनाहरूमा सहमति कायम गर्दै उच्च धनी राष्ट्रहरू र विश्वभरका नेताहरूले जलवायु विपद्का विरुद्ध साहसिक कदम चाल्नुपर्नेमा जोड दिए।

स्टियलले आगामी दिनमा जलवायुसम्बन्धी वित्तीय सहयोगको नयाँ संरचना आवश्यक रहेको औंल्याउँदै विश्वले जलवायु विषयक वित्तीय प्रणालीलाई पुनःपरिमार्जन गरी पेरिस सम्झौताको अनुच्छेद ६ अन्तर्गत अन्तर्राष्ट्रिय कार्बन बजारको पूर्ण सञ्चालनमा जोड दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट