कांग्रेस सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज डडेल्धुरा पुगेका छन् । उनले आज महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरेका थिए ।
रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले प्रतिबद्धता व्यक्त गरेका थिए ।
सभापति देउवाले सोमबार बिहान चुरे र महाभारत पर्वतको संगम स्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकन पछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको कांग्रेस डडेल्लधुराका सभापति भीमबहादुर साउदले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस