Techie IT

सोमबारदेखि सुरु हुँदै कोप–२९

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (UNFCCC) का पक्ष राष्ट्रहरूको२९औं सम्मेलन (कोप–२९) भोलिसोमबारदेखि अजरबैजानको बाकुमा शुरु हुँदैछ।


जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (UNFCCC) का पक्ष राष्ट्रहरूको२९औं सम्मेलन (कोप–२९) भोलिसोमबारदेखि अजरबैजानको बाकुमा शुरु हुँदैछ।

नेपालका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, वनसचिव डा दीपककुमार खरालर अन्य उच्च अधिकारीहरूकोटोली सम्मेलनस्थल पुगिसकेको छ। कोप–२९सम्मेलन ११ नोभेम्बरदेखि २२नोभेम्बरसम्म चल्नेछ।

नेपाल यस वर्ष राष्ट्रपतिरामचन्द्र पौडेलको नेतृत्वमा सम्मेलनमा सहभागिता जनाउँदैछ। सम्मेलनमा नेपालको प्रभावकारी उपस्थितिका लागि तयारी गर्दै, मन्त्री शाहीले सम्मेलन स्थलमा विभिन्न उच्चस्तरीय सम्बोधन, द्विपक्षीय छलफल र प्रस्तुतिकाबारेमा जानकारी लिएका छन्।

नेपालले यस सम्मेलनमा जलवायुपरिवर्तनका चुनौती, प्रतिबद्धता र कार्यान्वयनका प्रयासहरूलाईविश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने योजना बनाएको छ। राष्ट्रपति पौडेलआज साँझ सम्मेलनको लागिप्रस्थान गर्नेछन् र कात्तिक २७र २८ गते हुनेउच्चस्तरीय सत्रमा 'विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन'लाईसम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालको विशेष बैठक कात्तिक २८गते आयोजना हुनेछ, जसमा "पर्वतीय क्षेत्रका जलवायुजन्य हानि र नोक्सानीकोसम्बोधन" विषयमा नेपालले विश्व ध्यान आकर्षित गर्ने उद्देश्य राखेको छ। सम्मेलनको क्रममाजलवायु अनुकूलन, हानि–नोक्सानी, जलवायुवित्त, पर्वतीय क्षेत्रका मुद्दा र प्रविधि हस्तान्तरणजस्ताविषय प्राथमिकताका साथ उठाइनेछ।

कोप–२९ सम्मेलनमा नेपाललेआफ्नो 'एजेन्डा' प्रस्तुत गर्न, जलवायु वित्त र कार्बन क्रेडिटकाविषयमा अन्तिम निर्णय लिन, र जलवायुपरिवर्तनका लागि आवश्यक रकमकोस्रोत निर्धारण गर्न महत्त्वपूर्ण भूमिकानिर्वाह गर्ने अपेक्षा गरिएको छ।

अघिल्ला कोप सम्मेलनहरूमा पनिनेपालले हिमाल र पर्वतीय क्षेत्रकामुद्दा प्रभावकारी ढंगले उठाएको छ। यस वर्षपनि नेपालले पर्वतीय क्षेत्रका जलवायु सम्बन्धी समस्याहरूलाई प्राथमिकता दिने तयारी गरेकोछ।

वन सचिव डा दीपककुमारखरालका अनुसार, नेपालले जलवायुजन्य हानि र नोक्सानीकासमस्याका लागि सशक्त आवाजउठाउने तयारी गरेको छ। मन्त्रालयले विभिन्नविधागत समूहहरू गठन गरेर राष्ट्रियस्थिति पत्र तयार पारेकोछ, जसमा कार्बन व्यापार, जलवायु अनुकूलन, लैङ्गिक समानता, समावेशीकरण र पारदर्शिता लगायतकाविषय समावेश छन्।

कोप–२९ सम्मेलनको माध्यमबाटनेपालले जलवायु परिवर्तनको समस्या र यसको समाधानकालागि वैश्विक मञ्चमा प्रभावकारी स्थान बनाउन चाहन्छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट