Techie IT

करेन्ट लागेर ३ जनाको मृत्यु


महोत्तरी र सर्लाहीमा शनिबार दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ। महोत्तरीको औरही नगरपालिका-४ कठुधार बजारका २५ वर्षीय अनिल कुमार यादव आफ्नै घरमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भए।

उनलाई पर्सा स्थित ऐकेडेमी हस्पिटलमा पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो।

सर्लाहीको गौडेता नगरपालिका-५ का १७ वर्षीय अमलेख ठाकुरको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए। उनलाई प्रादेशिक अस्पताल मलंगवामा भर्ना गरिएको थियो, तर उपचारका क्रममा उनको पनि मृत्यु भएको छ ।

प्रहरीले घटनाहरूको सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट